प्रधानमन्त्री कपमा आर्मीलाई हराउँदै पुलिस क्लब बन्यो च्याम्पियन

काठमाडौं, २० माघ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।
त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भइ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।
नेपाल पुलिस क्लबका लागि शंकर रानाले ४३ बलमा सर्वाधिक ६२ रन, अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाएका थिए ।
त्यस्तै बलिंगतर्फ पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिन सफल भए भने सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए । Photo By: Mukunda Kalikote/RN
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न









