इराक र सिरियामा अमेरिकाको आक्रमण

अमेरिकाले सीरिया र इराकका ८५ स्थानमा हवाई आक्रमण गरेको छ । अघिल्लो साताको आइतबार जोर्डनस्थित अमेरिकी सैनिक अखडामा भएको ड्रोन हमलामा आफ्ना ३ जना सैनिकको मृत्यु र ४० जना घाइते भएको बदलामा अमेरिकाले यो आक्रमण गरेको बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान समर्थित लडाकुहरु रहेको ठाउँमा हमला गरिएको दावी गरेको छ । इरानले भने अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । इराकले अमेरिकी हमलाले खाडी क्षेत्रमा नै भयावह स्थिति निम्तनसक्ने चेतावनी दिएको छ ।
यदयपी अमेरिकी आक्रमणबाट भएको क्षतिको सम्वन्धमा भने विवरण सार्वजनिक गरिएका छैनन् । इराकमा २ हजार ५ सय, जोर्डनमा ३ हजार तथा सीरियामा ९ सय अमेरिकी सैनिक खटिएका छन् । यस बाहेक खाडीक्षेत्रमा रहेका विभिन्न मुलुक तथा उद्योगहरुमा समेत अमेरिकी सेना तैनाथ छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









