इटहरीका सबै विद्यालयमा टाई हटाएर भादगाउँले टोपी

सुनसरी- इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उहाँले बताउनुभयो । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ ।
उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।
विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटक/पटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने निर्णय भएको प्रमुख पौडेलले बताउनुभयो ।
विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको पनि उहाँको भनाइ छ । साथै विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरणमा रोक लगाएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति







