प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर

लुम्बिनी, २६ माघ । नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको र स्वास्थ्य प्रहरीबाट जीवन्त प्रहरी सेवाको सुनिश्चितता हुने सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले बताएका छन् ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता शिविर आवश्यक भएको बताएका थिए ।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका विभिन्न तहका गरी करिब तीन सय पाँच जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिए । स्वास्थ्य शिविरअघि नेपाल प्रहरी श्रीमती सङ्घले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यान्न एवं ‘स्टेसनरी ’सामग्रीसमेत वितरण गरेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश








