नेपाल र चीनबीच भोली मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं,२६ माघ । छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको उपलक्ष्यमा भोली नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच भोली मैत्रीपूर्ण खेल हुन लागेको जानकारी गराईएको हो ।
चीनसँगको मैत्रीपूर्ण खेलमा नेपालबाट नयाँ खेलाडीलाई मौका दिईने मुख्य प्रशिक्षक भिञ्चेन्सो अल्बर्टो एनेक्सले बताएका छन् । उनले नेपाली टिममा लामो समयदेखि नपरेका र राम्रो मेहनत गरेका खेलाडीले यसपटक मौका पाउने बताए । ८ दिनसम्म कडा मेहनत गरेको कारण नतिजा आफ्नोपक्षमा आउने विश्वास व्यक्त गरे ।
नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ ।
प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ छन् । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै, पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ । मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ ।
खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटदर साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, एन्फाले टिकट खरिद गर्ने दुईजना भाग्यशाली दर्शकका लागि काठमाडौं ल्हासा काठमाडौंको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।
तस्बिर- मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति








