प्रिज्मा टीभीको प्रशारण सुरु, सिरिज मात्रै प्रशारण हुने

काठमाडौँ। श्री पंचमीको अवसर पारेर प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रशारण सुरु भएको जानकारी दिइएको हो । यो टेलिभिजनबाट सिरिज मात्रै प्रशारण गर्ने जानकारी दिइएको थियो । विधागत रुपमा प्रशारण हुन लागेको नेपालकै पहिलो च्यानल भएको जानकारी संचालकले दिएका छन् । कार्यक्रममा कलाकार नीर शाहले यो टीभीले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे ।
यो टेलिभिजनबाट विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपालीमा डबिङ गरेर प्रशारण गर्ने जानकारी दिइएको थियो । टेलिभिजनका प्रमुख निर्जल श्रेष्ठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्य लिएर सिरिजको माध्यम अपनाइएको बताए । विभिन्न सिरिजहरू प्रशारण गरेर टेलिभिजनको परिचय फराकिलो बनाउने उद्देश्य आफूहरूको रहेको उनको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल








