‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने

‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज बिहिबार पोस्टर सार्वजनिक गरेको हो ।

‘पाँच पाण्डव’ को पोस्टरमा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ । हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला पोस्टरमा फिचर्ड छन् ।

पोस्टरले क्यारेक्टर रिभिल गरेको छ । पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।

तिहारको छेको पारेर कार्तिक २० गते देखि रिलिज हुने चलचित्र ‘पाँच पाण्डव’ को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपाने लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ । ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ भने ओएसआर डिजिटलले खरिद गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   6   =