मलेखुमा बस दुर्घटना, १० भन्दा बढि यात्रुहरु घाईते

धादिङबेशी । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न –३ स्थित पृथ्वी लोकमार्गको मलेखु सडक खण्डमा बस दुर्घटना भएको छ ।
काठमाण्ठौ बाट देवघाट जान लागेको बस र बिपरित दिशा बाट आएको ट्रक एक आपसमा ठोकिदा १० भन्दा भन्दा बढि यात्रुहरु घाईते भएका प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।
दुर्घटना मलेखुको हिलटप होटल अगाडी भएको हो । दुर्घटना हुने बस बा ५ ख ५०७१ र लु १ क ५२६८ नम्बरको ट्रक रहेको बुझिएको छ । दुर्घटनाका कारण पृथ्वी लोकमार्गको मलेखु सडक केहि बेर अवरुद्ध हुन पुगेको थियो । हाल सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बांकी रहेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








