जेलमा मृत्यु भएका रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

रुसको आर्कटिक जेलमा मृत्यु भएको भनिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई समेत नदिइएको नाभाल्नीका निकट सहयोगीले बताएका छन् ।
नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई हस्तान्तरण गरिने बताइए पनि हालसम्म नदिएको नाभाल्नीकी आमाले बताएकी छन् ।
नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्ता समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको पुटिनकै आदेशमा हत्या भएको बताएका छन् ।
नाभाल्नीको मृत्युपछि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको आरोपमा रुसमा ३ सय जनालाई पक्राउ गरिएको एक अधिकार समूहले जनाएको छ । पश्चिमा मुलुकका सरकारहरुले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको अचानकको मृत्युका लागि रुसी अधिकारीहरु नै दोषी रहेको बताएका छन् ।
सम्पन्न मुलुकहरुको समूह जी-सेभेनका विदेशमन्त्रीहरुले रुसलाई नाभाल्नीको मृत्यु प्रकरण र अवस्थाका विषयमा तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।
रूसी कारागार सेवाले शुक्रबार नाभाल्नी बिरामी भएको र आर्कटिक सर्कलको दुर्गम IK-3 जेलमा मृत्यु भएको घोषणा गरेको थियो । नाभाल्नीको मृत्युका विषयमा राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक









