लिफ्ट-अफ ग्लोबल फिल्म फेस्टुवलमा छनौट भयो ‘अनकम्प्लिटेड’

नेपाली मूलका अभिनेता ओम राज राउत लिखित तथा प्रमोद तिरुवाल एवं सचिन अधिकारी निर्देशित छोटो सिनेमा ‘अनकम्प्लिटेड’ प्रतिष्ठित लिफ्ट-अफ फिल्ममेकर सत्र-२०२४ मा छनौट भएको छ।
यो सत्रलाई लिफ्ट-अफ ग्लोबल नेटवर्कले आयोजना गरेको थियो।
सिनेमालाई न्यू इनभिजन प्रोडक्सन कम्पनीले निर्माण गरेको हो ।
‘यो दुई वर्षदेखि मेहेनत गरिरहेको हाम्रो श्रृजनशील समूहका लागि अतुलनिय सम्मान हो’, सिनेमाका प्रमूख अभिनेता ओम राज राउतले भने।
सिनेमाका निर्माता सन्तोष लम्साल, प्रमोद विश्वकर्मा र सचिन अधिकारीले सिनेमाले यस्तो सम्मानित अवार्ड कार्यक्रममा पाएको यस प्रकारको प्रशंसाले आफूहरु खुशी बनेको प्रतिक्रिया दिएका छन्।
यो सिनेमाले शारिरिकरुपमा असक्षमताका बाबजुत साझा मानव अनुभवको खोजको कुरालाई सिनेमाको कथा बनाएको छ। सिनेमाले बाहिरी असमानताको सामना गरिरहेका एक पुरुष पात्रको न्यायको डर, प्रेम र स्वीकृति खोज्ने, र अन्ततः आफैलाई अँगालो हाल्ने यात्रालाई पछ्याउँने कथा भन्छ।
यसैगरी यो सिनेमाले विभीन्न सिनेमा महोत्सवहरुमा आफ्नो परिचय स्थापित गरेको छ।
यसका लेखक तथा मूखय कलाकार राउतको नेपालदेखि अमेरिकासम्मको सिने करियर यात्रा सहज थिएन नै र योसँगै एउटै टिमबाट एकपछि अर्को सर्ट फिल्म दिनुलाई उनीहरुले ठूलो उपलब्धि ठानेका छन्। राउत तथा उनका सहकर्मीहरु निकट भविष्यमा नै आफ्नो नविन प्रोजेक्ट लिएर आउने तयारी छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









