आर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो ।
नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७।२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्डका लागि मिचेल लेभिटले अर्धशतक प्रहार गरे । ८१ बलमा ८ चौका र २ छक्कासहित उनले ५७ रन जोड्दा म्याक्स वर्डवाड्ले २८ रन थपे । वासडि लिडेले २१ रन नटआउट थप्दा नेदरल्याण्डले ८ रन अतिरिक्तमा पायो ।
नामिबियाका लागि ग्रिहार्ड इरामसले तीन विकेट लिए । यो जितसँगै नेदल्याण्डले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदा रनरेटका आधारमा नेपाल भने शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट समान २ अंक जोडपनि नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार ०९:०३रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
समाचार२०८३ असार २४, बुधबार ०७:११कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल









