दिनमा चार कपभन्दा बढी कफि पिउदा स्वास्थ्यमा समस्या देखिने

तपाईं हामी धेरैमा पक्कै पनि कफी पिउँने सौखिन हुन्छ नै, जानीराखौ एक दिनमा चार कपभन्दा बढी नपिउनुस । यदि बढी कफी पिउँदा निद्रा लाग्दैन मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा









