गोर्खा सैनिक र परिवारको कथालाइ समेटिएको फिल्म ‘गोर्खा वारियर’

नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । ‘जंगल वार’मा आधारित पहिलो नेपाली फिल्म हो। गोर्खा सैनिकले युद्धमा देखाएको बहादुरी, लडाईंको भोग्नुपर्ने दुःख, सैनिकको पारिवारिक अवस्था, ७०/८० वर्ष अगाडिको नेपाली सामाजलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेम र कमेडी पनि मिश्रित छ ।त्यसैले फिल्म सशक्त हुनसक्ने आकलन गरीको छ ।
यही फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको मुख्य भूमिका छ ।सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्मलाइ निर्देशक मिलन चाम्सले गरेका हुन् ।
निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









