‘रुखान’मा नीति पक्का, विद्रोही महिलाको भूमिकामा देखिने

सविर श्रेष्ठको निर्देशनमा बन्ने ‘रुखान’ चलचित्रमा अभिनेत्री नीति शाह पक्का भएकी छन।
नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण हुने सिनेमाका लागि निर्माणपक्ष र नीतिबीच सम्झौता भएको छ।
‘रुखान’को अर्थ फलामको सानो हतियार हुन्छ।
सिनेमा वैशाखको पहिलो साताबाट छायाँकनमा जानेछ।
‘रूखान’को कथा डाक्टर रूपक घिमिरेले लेखेका हुन् भने पटकथा र संवाद अभिमन्यू निरवीको रहनेछ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने सिनेमाको कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन्।
सिनेमामा अर्जुन पोखरेलले संगीत दिनेछन्।
सविन सिनेमास्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा आवरण स्किन हेयर क्लिनिकले सहकार्य गर्नेछ ।
सिनेमामा अभिनेत्री नीति विद्रोही महिलाको भूमिकामा देखिने जानकारी दिएका निर्देशक श्रेष्ठले आफ्नो सिनेमाले सिंगो देशका नागरिकहरूले समस्याबाट जुध्दै गर्ने संघर्षलाई प्रस्तुत गर्ने बताए।
नीति अभिनीत ‘खजुरे ब्रो’को केही समय अगाडि प्याकअप भएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार १२:४३अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २०, मंगलवार १०:५७विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो
समाचार२०८३ आश्विन २०, मंगलवार १०:०९मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम
समाचार२०८३ आश्विन २०, मंगलवार ०८:०१‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी









