गण्डकी प्रदेशको ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम आजबाट प्रसारणमा

काठमाडौँ- गण्डकी प्रदेश सरकार र नेपाल टेलिभिजनको सहकार्यमा गण्डकी प्रदेशका विविध गतिविधिहरुको संगालो ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा आजबाट प्रसारणमा हुँदै छ ।
पाक्षिक रुपमा बुधबार वेलुका ७.२५ बजे नेपाल टेलिभिजनको समाचार च्यानलबाट प्रसारण हुने यस कार्यक्रमको पहिलो भाग आज प्रसारण गर्न लागिएको हो ।
कार्यक्रमलाइ शुभकामना सन्देश दिनुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस कार्यक्रममा गण्डकी प्रदेश सरकारले अघि बढाएका नीति कार्यक्रम, विकास आयोजना, तिनको अवस्था साथै स्थानीयका सुझाब एवम् अपेक्षा सम्बन्धि विषय बस्तुहरु कार्यक्रमका अन्तरबस्तु रहने हुँदा यस कार्यक्रमले नागरिकमाझ प्रदेश सरकारको उपस्थिति र नागरिकका सुझाब र अपेक्षाहरु प्रदेश सरकारसँग ल्याइ पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
गण्डकी प्रदेशले अघि सारेको ’आत्मनिर्भर र सम्मुन्त प्रदेश, सम्मानित प्रदेशबासी’को दीर्घकालिन सोच पुरा गर्न यस कार्यक्रममले प्रदेश सरकार र प्रदेशका नागरिकबीच सेतुको रुपमा भूमिका खेल्ने पनि उहाँले वताउनु भयो ।
प्रदेश सरकारले अघि सारेका विकास निर्माण आयोजना ती आयोजनाहरुमा नागरिकहरुको सहभागिता, सहकार्य, निगरानी बढाउन र विकासका प्रतिफलमा प्रदेश बासीको सहज पहुँच स्थापित गराउन सहयोग पुर्याउनु कार्यक्रमको मुल लक्ष्य रहेको ‘जनतासँग मुख्यमन्त्री कार्यक्रमका संयोजक गोविन्द धितालले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:१३शुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, अग्रीम बुकिङ खुल्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग









