भक्तपुर अस्पतालको नवनिर्मित भवनबाट गुणस्तरीय सेवा सुरु

भक्तपुर अस्पतालको नवनिर्मित भवनबाट गुणस्तरीय सेवा सुरु

भक्तपुर- वीर अस्पतालपछि दोस्रो ठूलो अस्पतालका रुपमा स्थापना भएको भक्तपुर अस्पताल कुनै समय रिफर सेन्टरका रुपमा मात्रै परिचित थियो । तर पछिल्लो समय गुणस्तरीय सेवा दिंदै देशकै उत्कृष्ट अस्पतालको उपमा पाउन सफल भएको छ ।

बेलायत सरकारको करिब ३४ करोड सहयोगमा निर्मित सुविधासम्पन्न भवनबाट गुणस्तरीय सेवा दिन भालेको हो । यो अस्पतालको स्तरवृद्धि गर्दै प्रदेश सरकारले आफुमातहत लिएर तीन सय शैय्या संचालनका लागि तयारी थालेसँगै नयाँ भवनबाट प्रसुती वार्ड सुरु गरिसकेको छ ।

एक हप्ताभित्रै शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयु, मोडुलार ओटी सञ्चालनको तयारीमा रहेको छ । ओटी भवनको विधिवत उद्घाटन भने हुन बाँकी रहेपनि भवन विभागबाट अनुमति पाएसँगै सेवा दिन सुरु गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘हामी अबको एक दुई हप्ता भित्रै अप्रेशनका कार्य सुरु गर्ने छौं । अहिले प्रसुती वार्ड संचालनमा ल्याएका छौं । अन्य अत्याधुनिक उपकरण जडानको माम धमाधम भइरहेको छ ।’

अब तत्कालै मुटुरोग सेवा पनि संचालनको तयारीमै रहेको अस्पतालले जनाएको छ । अस्पतालको स्तरोन्नतिले थप प्रोत्सहित र नयाँ भवन सञ्चालन आएपछि भवन अभाव हटेर गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले बताउनुभयो ।

१९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पताल केन्द्रीय अस्पतालका रूपमा विस्तार भएपछि सेवाग्राही मात्रै होइन, भक्तपुरबासीमा पनि खुसियाली छाएको छ ।

आफ्नै १८ रोपनी ४ आना जमिन हुँदाहुँदै रेडक्रस, साझा र अन्य कार्यालयले जमिन उपभोग गरिदिंदा खुम्चिएर सेवा प्रवाह गर्नुपर्ने अस्पतालको बाध्यता छ । सबैभन्दा बढी यहाँ पार्किङ्गका लागि जमिन नहुँदा ठूलो समस्या झेल्नु परेको छ ।

७५ शैय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई सरकारले भेन्टिलेटरसहितको आइसियु, १ सय ८६ शैय्यामा सञ्चालन गरेको थियो । यसको थप स्तरवृद्धि गर्दै शैय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।

यो पनि पढ्नुहोस् :  फेवातालमा जेठ १८ गते 'तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता' हुने, तयारी तीव्र

थप सेवा विस्तारसहित नयाँ भवनबाट सेवा दिनथालेपछि अब भक्तपुरबासीलाई गुणस्तरीय उपचारका लागि उपत्यकाका महँगा निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   8   =