‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ फागुन १९ देखि २७ सम्म

काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको बिभिन्न पक्षको जानकारी दिएको हो ।
फागुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।
नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्वपुर्ण हुने आयोजकको भनाई रहेको छ ।
नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न