टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। सामाजिक बिषय बस्तुलाई हाँस्य कथाको माध्यमबाट प्रस्तुत गरिएको टेलिचलचित्र ‘मिटर ब्याज’ को ट्रेलर सार्वजनिक गरिएको छ ,यस अघी तीन वटा टिजर,गीत सार्वजनिक भइ सकेको यस सिरियलको ट्रेलरलाई मिटर ब्याज प्रोडक्सनको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
सिरियलको शिर्षक ‘मिटर ब्याज’ भए पनि यस सिरियल भित्र माया प्रेम,साथीभाइ, घर परिवारको साथ साथै हरेक पक्षमा मिटर ब्याज अर्थात पैसा कै महत्व बढी हुने गरेको भन्ने बिषयलाई उठान गरेकोछ ।
जस्को कथा पि एल श्रेष्ठको रहेको छ भने उत्तम के सी,माधव दत्त पण्डित,प्रिया रिजाल,शुभेच्छा थापा,यादव देवकोटा सरापे,पी एल श्रेष्ठ,आशा बिश्वकर्मा,सपेन्द्र धिताल,जुनु कुवँर,करुणा तामाङ,पासाङ तामाङ लगाएत कलाकारहरुको अभिनय रहेको छ। सिरियललाई बिगत २५ बर्ष देखी कलाकारिता क्षेत्र सकृय नृत्य निर्देशक रत्न काजी जोशीले निर्देशन गरेका छन् । यस अगि झिल्के पण्डित,चल्दैछ,तथा दर्जनौ शर्ट मुभी र म्युजिक भिडियोको निर्देशन गरेका जोशीको यस हाँस्य सिरियल ‘मिटर ब्याजमा गीत. पटकथा तथा संबाद पनि निर्देशक जोशी स्वंयको रहेको छ । काब्या श्रेष्ठको प्रस्तुती र रिद्दी श्रेष्ठको निर्माण रहेको ‘मिटर ब्याज’ मा सन्तोश प्रगाढको संगीत,निकेश महर्जनको छायाँकन,बिश्वराम खड्काको सम्पादन,सुमन शंकरको मेकअप रहेको छ । यो सिरियल फागुन ११ गतेबाट मिटर ब्याज यु ट्युव च्यानलबाट प्रशारण हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









