‘गोर्खा वारियर’ले चार दिनमा कमायो १ करोड ५१ लाख ग्रस

काठमाडौं। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई चलचित्रले हलसम्म ल्याएको छ । काठमाडौंसहित मोफसलका केही हलमा चलचित्रको क्रेज राम्रो देखिन्छ ।
एकदिन अगाडी नै अर्को दिनका शो हाउसफुल भैरहेका छन् । दर्शकबाट मिलेको राम्रो वर्ड अफ माउथले सिनेमा लामो रेसको घोडा बन्ने देखिएको छ । यसबीच, निर्माण टिमले सिनेमाको व्यापार सार्वजनिक गरेको छ । निर्देशक वितरक करण श्रेष्ठले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको चार दिनको कमाई १ करोड ५१ लाख रहेको जानकारी दिए ।
वितरक श्रेष्ठले दिएको यो आँकडा चलचित्रका लागि सुखद् हो । वितरक करण श्रेष्ठले आइतबारदेखि चलचित्रको व्यापार खस्किने गरेको भएपनि ‘गोर्खा वारियर’को हकमा त्यो नदेखिएको बताए । निर्देशक चाम्स चलचित्रलाई मिलेको दर्शकको साथ र प्रतिक्रियाले उत्साहित भएको बताउँछन् ।

उनी चलचित्र हेर्न आग्रह गर्दै भन्छन्, ‘विशेषगरी लाहुरेसँग सम्बन्धित व्यक्तित्वहरुलाई सिनेमा हेर्न आग्रह गर्छु । समग्रमा हामी नेपालीको कथा छ । सबैले हेर्नुपर्छ । जसले गर्दा यस्तो खालको सिनेमा निर्माण गर्न अरु निर्माता तथा निर्देशकलाई पनि प्रोत्साहन मिल्नेछ ।’ यो चलचित्र सफल भए यसको सिरिज बनाउने उनको योजना छ ।
यो चलचित्रले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ । मलाया इमरजेन्सी जंगल वारमा सन् १९४९ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको चलचित्रमा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप घले, त्रिचु राई, आरुस जंग सारु मगर,दिग्गज खत्री लगायतको अभिनय छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर









