समीक्षा भन्छिन्- बलात्कारी दुई प्रकारका र दुबै फाँसीका लायक

गायिका समीक्षा अधिकारीले बलात्कारी दुई प्रकार हुने र र ती दुबै प्रकारका नै फासीका लायक हुने बताइन्।
उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्।
स्टाटसमा उनले एक प्रकारका बलात्कारीले माया र करुणाको नाटक गर्ने र अर्को बल प्रयोग गर्दै जबरजस्ती गर्ने भएको जनाएकी छन्।
‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। १.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्’, उनले लेखेकी छन्, ‘२.जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’
उनले यो स्टाटस होस्टलमा आत्महत्या गरेकी भनिएकी १३ वर्षीया शालिन पोखरेललाई न्याय माग्दै लेखेकी हुन्। उनले सरकारसँग सो मृत्यु प्रकरणमा अबिलम्ब सत्यतथ्य सार्वजनिक गर्नममाग गरेकी छन्।
‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु’, उनले फेसबुकमा लेखेको स्टाटसमा माग गरेकी छन्।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









