रानी र नारायण बाबुको शिव भजन सार्वजनिक

काठमाडौं। महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि सार्वजनिक गर्न थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवान्को महिमा गाइएको छ । गीतको भिडियोमा मोडल विना राउत र इश्वर बल्लभ उप्रेती फिचर्ड छन् ।
जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ ।
भिडियोमा विना र इश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्तिभाव प्रष्ट झल्किएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









