अञ्जु र प्रविणको गीत ‘बढ्दै छ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा कुशल सिंह निलको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ छ ।
टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी ‘मिस पबी’ फिचर्ड छन् । भिडियोमा लेन र मिस पबीलाई रोमान्टिक भावमा देखाइएको छ ।
माधव शर्माको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, विमला तामाङको मेकअप, दीपेन गौतम ‘माइकल’को प्रोडक्सन डिजाइन र लोमस पौडेल प्रोडक्सन मेनेजर छन् । द डिभाइन म्यूजिकबाट सार्वजनिक भिडियोका निर्माता प्रकाश घिसिङ हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









