काफिया फिल्मस् र कुँवर सिने फिल्मले पायो ‘रुमानी रङ्ग’को नेपाल वितरण

‘रुमानी रङ्ग’को नेपाल वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्म प्रा.लिले लिएका छन्।
सिनेमाबाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगर दोश्रोपटक एकसाथ स्क्रिन रोमान्समा फर्किदैछन्।
शनिबार भएको सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण अधिकार प्राप्त गरे भने कुँवर सिने प्रालिले मोफसल वितरण अधिकार प्राप्त गरे।
अनिल योञ्जनको लेखन-निर्देशन रहने सिनेमा ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण हुनेछ।
सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।
शनिबार कम्पनीका तर्फबाट हरि मल्ल ठकुरीले काफिया फिल्सका लागि गोविन्द शाही तथा कुवर सिनेप्रालीका लागि प्रदीप धामीले सम्झौता गरेका हुन् ।
अष्ट्रेलियामा ९० % तथा नेपालमा १० % छायाँकन हुनेछ।
सिनेमाका लागि आविस्कार बहुसंचार प्रा लिको सहकार्य गरेको छ।
यस्तै अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ।
सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी









