‘महाजात्रा’को ट्रेलर रिलिज, सफल होला त राष्ट्र बैंक लुकाउने योजना?

‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ।
राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले सिनेमा कमेडीले भरिएको देखाएको छ।
यसपटक सिनेमाका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको लुकामारीलाई कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा सिनेमामा कमेडीसँगै ड्रामाको समिश्रण रहेको बुझ्न सकिन्छ।
प्रदीप भट्टाराई लिखित तथा निर्देशित सिनेमा चैत ९ गते रिलिज हुँदैछ।
सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।
वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।
सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।
जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








