सेन्सर पास भयो ‘रंगेली’, केही शब्द म्यूट गर्नुपर्ने

काठमाडौँ । चलचित्र ‘रंगेली’ सेन्सर पास भएको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।
नामकै कारण सेन्सर प्रमाणपत्र नदिएको सार्वजनिक भएपछि सिनेप्रेमी तथा सिनेकर्मी एवं संस्थाहरुले घटनाको तीब्र विरोध गरेका थिए। आइतबार दिउँसो निर्माता जितेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले सेन्सर पासको प्रमाणपत्र दिएका हुन् ।

२ घण्टा ५५ मिनेट लामो सिनेमाले पीजी प्रमाणपत्र पाएको छ भने केही शब्द म्युट गरिएको छ । यो सिनेमालाई बालबालिकाहरुले अभिभावकको निगरानीमा हेर्नुपर्नेछ।
यसअघि फिल्मको नाममा सेन्सरले प्रश्न उठाउँदै छायांकन भएको थलो रंगेली नगरपालिकाबाट नाम राख्ने अनुमतिको पत्र ल्याउन भनेको थियो।
दयाह्यंग राई, मिरुना मगर, अर्पण थापा आदिको प्रमुख भूमिका रहेको सिनेमा फागुन २५ गते रिलिज हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी









