रेखाको ‘उपहार’ले पायो युनिभर्सल प्रमाणपत्र

फागुन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने रेखा थापाको ‘उपहार’ सिनेमाले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।
प्रमाणपत्र अनुसार यो सिनेमा सबै उमेर समूहकाले हेर्न पाउनेछन्।
सिनेमालाई ‘मुनामदन’ तथा ‘झिंगेदाउ’ फेम ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।
रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।
सुलभ प्रतिक र समीक्षा देउजा निर्माण गरेको सिनेमामा बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् ।
रेखा सिनेमास् र कपनगढी सिनेमासको ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
सिनेमाको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक
सूचना-प्रविधि२०८३ श्रावण २६, मंगलवार १४:४०नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य









