चलचित्र ‘अगस्त्य च्याप्टर १’ सन्तोष जनक व्यवसाय गर्दै दोश्रो सातामा लम्कँदै

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि सन्तोष जनक व्यवसाय गरिरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको निर्माण टिमले बताएकोछ । फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गराउन सफल भएको ‘अगस्त्य’ले दर्शकलाई समेत चासोसँगै थप कौतुहलता बढाइदिएको छ ।
सुरुवातमा देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो । सोही अनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको निर्माण टिमको दावी छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले दर्शकबाट मिलेको प्रतिक्रिया र ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरेको गर्न थालेको छ । सोमबारबाट देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति सुखद थियो ।
२ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । चलचित्र हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।
दर्शकहरुलाई यो चलचित्रकालागि सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ । सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ ।
यस्तै, दर्शकले ;अगस्त्य च्याप्टर १; हेरेर निस्कँदै गर्दा चलचित्रको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर









