तेश्रो संस्करणको ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ औपचारिक घोषणा

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।
केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने गरेको छ । सन् १९८७ मा आफूहरुले संचालन गरेको रियालिटी शो लाई सम्झिदै प्रमुख अतिथि बास्कोटाले अवार्डका किसिमहरु धेरै भएपनि ‘ ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ जस्तो महत्त्वपूर्ण अवार्ड र अन्य अवार्डमा धेरै फरक पाएको र यस अघिका २ संस्करण भव्य रुपमा सम्पन्न भएको साक्षी आफु स्यंम पनि भएकाले अवार्डको गरिमा राख्न सफल भएकोमा आयोजक संस्थालाई वधाई दिएका थिए ।
यस्तै, उनले संस्थाले आफ्नो पहिलो तथा दोश्रो अवार्ड सफल परेकाले आगामी दिनहरूमा पनि राम्रो सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । यसै गरि महिला उद्यमी तथा समाजसेवी रमा प्याकुरेलले आगामी मे मा सम्पन्न हुने तेश्रो संस्करणको अवार्डको सफलताको शुभकामना दिदै अवार्डको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा समेत योगदान दिने कुरामा आफु विश्वस्त रहेको बताईन ।
कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोश्रो संस्करणको ग्यालेक्सि एक्सिलेन्स अवार्डको भव्य सफलता पश्चात देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताए ।
विहिवार भएको उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास वोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालीटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्यूजिक भिडियो निर्देशक गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साईन्सका प्रवक्ता डा.विक्रम शाह,एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्कवाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्राई,लि डिभाईन,भारतका प्रमुख तथा ईभेन्ट डाईरेक्टर पुनम कौशिक, अर्का भारतिय ईभेन्ट व्यबस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद रमा प्याकुरेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
आयोजक सँस्थाका अनुसार यस अघिका वर्षमा होटल र्याडिसन तथा होटल ह्यायत प्यालेसमा भएको पहिलो र दोश्रो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित जना निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आउदो मे २५ होटल हायात प्यालेसमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ । ईच्छुक सम्बन्धित दक्ष एवं विज्ञहरुले अवार्डको वेबसाईट डव्लु डव्लु डट ग्यालेक्सि एक्सिलेन्स अवार्ड डटकमबाट थप जानकारी लिई आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । देशका मात्र नभई विश्व व्यापी ख्याती कमाएका व्यत्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









