‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष बताउछन् । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र शुक्रबारबाट तेश्रो सातामा प्रवेश गरेको हो।
मानव तस्करीको बिरुद्द प्रबल संघर्षको पक्षमा आवाज उठाउएको यो चलचित्रमा निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन छ। यो चलचित्र निर्माण गर्नुको उदेश्य केवल मनोरञ्जनको रूपमा मात्र नभएर समाजमा जागरूकता बढाउनका लागि एक शक्तिशाली औजारको रूपमा प्रस्तुत गरिएको निर्माणपक्ष बताउछ।
निर्देशक चौधरी भन्छन्,- शक्तिशाली दृश्यात्मक भाषाद्वारा, चलचित्रले सम्बन्धित निकाय तथा सर्वसाधारण जनतालाई जागरुक बनाउने तथा आवाज उठाउन प्रेरित गर्ने लक्ष्य लिएर चलचित्र निर्माण गरिएको हो। ‘अगस्त्य’ चलचित्रको नाम प्राचीन ऋषि, अगस्त्य महर्षिबाट प्रेरणा लिइएको हो। उहॉंले आफ्ना लक्ष्यहरू प्राप्त गर्न पहाड समेत झुकाउनु भएको थियो । हाम्रो चलचित्रको कथामा, हाम्रो मुख्य चरित्र अभिनेता, राष्ट्रिय हीरोहरू सुरक्षा कर्मीलाई प्रतिनिधित्व गर्दै, मानव तस्करीको बिरुद्द प्रबल संघर्ष गर्दछ।,
त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाइ उच्च सम्मान गर्दै यो महिलाहरुको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ। २०२४ मार्च १८ गते सोमबार सम्पुर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५% छुटको व्यवस्था गरिएको हो।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार
खेलकुद२०८३ भाद्र ९, मंगलवार १८:४०चौथो थारु फुटसल प्रतियोगिताको उपाधी एओएफ युनाईटेड(बारा)ले उचाल्यो









