चौथो थारु फुटसल प्रतियोगिताको उपाधी एओएफ युनाईटेड(बारा)ले उचाल्यो

ललितपुर । राजधानीमा आयोजित चौथो थारु सिक्स ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि एओएफ युनाइटेड (बारा) ले जितेको छ ।
नाइटिङ्गेल इन्टरनेसनल सेकेण्डरी स्कुलको मुख्य प्रायोजन तथा डाइनामाइट फुटबल क्लबको आयोजनामा भाद्र ६ र ७ गते ललितपुरको ईमाडोल फुटसलमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा आयोजक डाइनामाइट एफसी र एओएफ युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा एओएफ युनाइटेडले ३–२ गोल अन्तरले आयोजक डाइनामाइट एफसीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
उपाधिसँगै एओएफ युनाइटेडले नगद रु. ७७,७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता डाइनामाइट एफसीले रु. ४४,४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा मलिथम एफसी (ड्याडी फुटसल) तेस्रो तथा युनाइटेड एफसी चौथो भएका छन् । तेस्रो स्थान हासिल गर्ने मलिथम एफसी (उदयपुर)ले निशुल्क आवेदन तथा चौथो भएको युनाइटेड एफसीले गिफ्ट ह्याम्पर प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ प्रतियोगितामा एओएफ युनाइटेडका अनिस चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए र उनले नगद रु. ३,३३३ सहित ट्रफी प्राप्त गरे । त्यस्तै, एओएफ युनाइटेडकै अजित चौधरी सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद रु. ३,३३३ सहित ट्रफी प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी डाइनामाइट एफसीका राहुल थारु घोषित भएसँगै उनले नगद रु. ४,४४४ सहित ट्रफी हात पारे । यस्तै डाईनामिक प्लेयर अफ द टुर्नामेन्टको उपाधी मलिथम एफसी (ड्याडी फुटसल) का ओशन चौधरीले हात पारे ।
१८ टोलीको सहभागिता रहेको प्रतियोगितामा कुल ३२ खेल भएको थियो ।
विजेता सम्पुर्ण टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
थारु समुदायका खेलाडीहरूको प्रतिभा पहिचान, खेलकुदको विकास तथा आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:२७दयाहाङ राई » Celebrity Nepal
समाचार२०८३ आश्विन २१, बुधबार १६:२३नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
खेलकुद२०८३ आश्विन २१, बुधबार ०९:५८अन्तर्राष्ट्रिय फुटबलबाट मेसीकाे सुखद बिदाइ
समाचार२०८३ आश्विन २१, बुधबार ०८:३१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा









