कन्टेन्ट क्रिएटरहरूसँग प्रेस काउन्सिलमा अन्तर्क्रिया

कन्टेन्ट क्रिएटरहरूसँग प्रेस काउन्सिलमा अन्तर्क्रिया

काठमाडौँ, भदौ ९ ।

प्रेस काउन्सिल नेपालले कन्टेन्ट क्रियटरहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ । काउन्सिल सभाकक्षमा मङ्गलबार(आज) आयोजित अन्तरक्रिया कार्यक्रममा कन्टेन्ट क्रियटरहरू अमृत थापा, विनायक कुइँकेल, सरोज पोखरेल, आकाश अधिकारी, सरोज कार्की, सन्तोष कार्की, दिपेश त्रिपाठीलगायतको सहभागिता रहेको थियो । उहाँहरूले अन्तरक्रियाका क्रममा कन्टेन्ट बनाउँदाको क्षणमा भोग्नुपरेको अनुभवहरू एकापसमा साटासाट गनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले पत्रकारिताको क्षेत्रमा कन्टेन्ट क्रियटरहरूले उल्लेख्य योगदान पु¥याउँदै आउनुभएको स्मरण गर्दै कन्टेन्ट क्रियटरहरूप्रतिको धारणा फराकिलो बनाउँदै लैजानुपर्ने दृष्टिकोण अघि सार्नुभयो । श्रेष्ठले पत्रकारहरूले जस्तै र कुनै विषय अब्बल रुपमा कन्टेन्ट क्रियटरहरूले अनुसन्धान र कार्य गर्दै आइरहेको स्मरण गर्दै कतिपय मिडिया दर्ता गरेका छन्, काम गरिरहेका छैन, कतिपय कन्टेन्ट क्रियटरहरूले कानुनी रुपमा दर्ता गरिरहेका छैन तर कार्य राम्ररी गरिरहेका छन् । तसर्थ, हामी कन्टेन्ट क्रियटरहरूलाई कन्ट्रोल गर्नुभन्दा पनि अझ प्रभावकारी ढंगबाट तपाईँहरूबाटै आचारसंहिता र अप्ठ्यारोबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न खोजको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य रविराज बरालले कन्टेन्ट क्रियटरहरूले गरेको कार्यलाई पत्रकारहरूले समेत अनुसरण गर्नुपर्ने बताउँदै विषय वस्तु, शब्द र भाषामा समेत कन्टेन्ट क्रियटरहरू चनाखो हुनुपर्ने र आफैँले नैतिक बन्धन तयार गरी कार्य गर्नेपर्ने धारणा राख्नुभयो ।

स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमनका धेरै प्रतिकूल सामग्रीहरू भेटिएसँगै समस्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले पत्रकार को हो? को होइन भन्ने एकातर्फ प्रश्न उठिरहेको छ भने कन्टेन्ट क्रियटरहरूले उल्लेख्य रुपमा राम्रो काम गरिरहेको वर्तमान अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा सहप्रशासकीय अधिकृत रामशरण बोहाराले अहिले सञ्चार माध्यमभन्दा पनि सामाजिक सञ्जालबाट कन्टेन्टहरूको प्रवाह बढेकाले त्यस्ता स्वतन्त्र रुपमा सञ्चालित युट्युब च्यानललाई व्यवस्थापन गर्न नसकिरहेको बताउँदै काउन्सिले खासगरी मिडियामा आएका सामग्रीहरूको अनुगमन गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा कन्टेन्ट क्रियटरहरूले कानुनीरुपका समस्या र व्यवस्थापनसम्बन्धी समस्याहरू झेल्नुपरेता पनि उत्कृष्ठ कार्य गरिरहेको बताउनुभयो । के गर्न हुने के नहुने भन्ने नैतिक संहिता आफैँ बनाउने र स्वघोषणा गर्नुपर्ने, त्यसो भएमा विश्वसनीयता कायम रा्खन सघाउ पुग्नेमा जोड दिइएको छ ।

यो पनि पढ्नुहोस् :  देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल

अन्तरक्रियामा काउन्सिलका सदस्य प्रकाशभक्त माथेमा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँ, उपप्रशासकीय अधिकृत सविता ढकाल, अनुगमन अधिकृतद्वय महेन्द्रराज सिंह, सन्तोष अधिकारीलगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

असल खबर डटकम
असल खबर डटकमअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =