महेन्द्रनगरका भित्तामा संस्कृति झल्किने ‘चित्रकला’

कञ्चनपुरमा संस्कृति जोगाउने उद्देश्यले पर्खालहरुमा पेन्टिङ गरिएको छ । नेपाल आर्टिस्ट संघले महेन्द्रनगर बजारका पर्खालमा सुदूरपश्चिमका संस्कृति झल्किने पेन्टिङ गरेको हो ।
अरनिको दिवसको अवसरमा सुरु गरिएको पेन्टिङमा मौलिक पहिरनमा थारू महिला, विभिन्न किसिमका नृत्यमा रहेका महिला, छलिया नृत्य, हुडकेली नृत्यलगायतका चित्र कोरिएका छन् । यसले सुदूरपश्चिमको कला संस्कृतिलाई झल्काउनुको साथै यसको संरक्षणमा समेत टेवा पुग्ने चित्रकार बताउछन् ।
पेन्टिङमा कञ्चनपुरका विभिन्न स्थानका २२ जना कलाकार खटिएका छन् । उनीहरुले जिल्ला प्रशासन रोड छेउका पर्खालमा मौलिक संस्कृति झल्किने चित्रहरु कोरेका हुन् । यसले एकातिर महेन्द्रगर क्षेत्रमा सुन्तरता थपिएको छ भने अर्कोतर्फ कला संस्कृतिको जर्गेनामा टेवा पुगेको स्थानीयको भनाई छ ।
कञ्चनपुरमा हाल २५ जना युवा पेन्टिङ पेशामा छन् । पछिल्लो समय प्रविधिको विकासले घट्दो काम र तालिमको अभावका कारण यो पेशामा नयाँ पुस्ताको आकर्षण पनि घट्दै गएको उनीहरु बताउछन् ।







लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








