प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ खेलाडीलाई उपाधी

प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ खेलाडीलाई उपाधी

चितवनको भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् ।

तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष ईलिटतर्फ सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएका छन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गरिन् । काठमाडौाकी लक्ष्मीमगरले १ घण्टा १८ मिनेट २३ सकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन् । त्यसैगरी पाँचथरकी इन्द्रकला नेबाङ १ घण्टा २१ मिनेट ३७ सकेन्डमा निर्धारित दूरीपार गर्दै तेस्रो बन्न सफल भइन् ।

दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । पुरुष ईलिट तर्फ प्रथम सिन्धुपाल्चोकका सुरज राना मगर र महिला ईलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मेलेसियामाल हुने एसियन प्रतियोगितामा सहभागी हुन अवसर समेत प्राप्त गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । साथै सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रतिष्ठानले दिएको थियो ।

यो पनि पढ्नुहोस् :  एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन

यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेन्डमा पार गर्दै उपधि हात पारे । काठमाडौाका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल भए ।

यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे। सुनसरीका सञ्जय राईले १ घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बने भने मकवानपुरका राजिव ठाकुरले १ घण्टा २३ मिनेट २८ सेकेन्डमा पार गर्दै तेस्रो बने।

यसैगरी चितवन विशेष पुरुष तर्फ प्रमित थापा प्रथम, हेम चन्द्र सुनारदोस्रो र कष्ण घिमिरे तेस्रो बन्न सफल भए । यसैगरी चितवन विशेष महिला तर्फ सुधा तिमिल्सीना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठ तेस्रो बन्न सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभयो ।

यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो ।

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा ९० जना बढी खेलाडीहरुको सहभागीता भएको थियो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडाको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको थियो । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्बद्धकमा प्रतियोगिता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस् :  फुटबल टिमका मुख्य प्रशिक्षक एरेना पदमुक्त

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   10   =