बागलुङदेखि पोखरा विद्युतीय माइक्रोबस सञ्चालन

साङ्केतिक तस्बिर
बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवामा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।
सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । रु एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । एउटा गाडीको मूल्य रु ५५ लाख रहेको उहाँको भनाइ छ ।
‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने उहाँ बताउनुहुन्छ । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुआती चरणमा दुई बसबाट सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”
हाललाई बागलुङदेखि पोखरासम्मका लागि रु चार सय ५० भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताउनुभयो । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उहाँले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताउनुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्युतीय बसको सेवा शुभारम्भ गर्नुभएको थियो । उहाँले समयानुकूल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरि यातायात सेवा प्रालीले पहिलो पटक यो सेवा विस्तार गरेकामा धन्यवाद दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति
समाचार२०८३ श्रावण २७, बुधबार २०:५१प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह
समाचार२०८३ श्रावण २७, बुधबार २०:३०धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २७, बुधबार २०:१५साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा








