‘वर एण्ड वधु’ बाँकी छायाँकन सुरु हुँदै, आँचलसँग रोमान्स गर्न विवेकले बनाए यस्तो बडि

‘वर एण्ड बधु’ले आफ्नो बाँकी सिनेमाको छायाँकन सुरु गर्ने भएको छ ।
५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन चैतको तेश्रो साताबाट सुरु हुने भएको छ।
फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी छायांकन नेपालमा हुनेछ ।
रोमान्टिक कमेडी कथा रहेको यो सिनेमामा वधुको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य छन् ।
नायक विवेक कर्माचार्यले फिल्मको दोस्रो सेड्यूलका लागि आफ्नो शरीर समेत बनाएका छन् ।
निर्माणपक्षले सार्वजनिक गरेको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताए ।
फिल्ममा सुदिप बरालको छायांकन छ ।
यो फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । छायांकन सकिएपछि सिनेमाको रिलिज मिति पनि तय गर्ने बताइएको छ ।
डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









