वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै

वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ।
मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो ।
ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन् ।
महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम समेत हुने जानकारी पत्रकार सम्मेलनमा दिए ।
रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुने महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ।
गृहजिल्लामा महोत्सव गर्न पाउँदा उत्साहित बनेको महोत्सव संयोजक निर्देशक कमल एक्चै मगरले बताए ।
सिनेमा हल नै नभएको रामेछाप जिल्लाका स्थानीयहरु सिनेमा हेर्न ५० किलोमिटरको यात्रा तय गरेर सिन्धुली पुग्नुपर्छ ।
आयोजकले महोत्सव फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
महोत्सवमा ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने अनुमान छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १७, बुधबार ११:११बाढीपीडितको सहयोगमा जुटिन् ‘अक्षरा’ अभिनेत्री न्यान्सी खड्का
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १७, बुधबार १०:३२बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ भाद्र १६, मंगलवार २०:३०जलवायु परिवर्तनका कारण विपत्ति,प्रतिकार्य विश्वव्यापी जिम्मेवारी: प्रधानमन्त्री
समाचार२०८३ भाद्र १६, मंगलवार २०:०१बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा









