इलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।
पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयनको निर्णय गरेको पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा
खेलकुद२०८३ श्रावण ११, सोमबार १०:११नामिवियासँग भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो









