निःशुल्क स्वास्थ्य शिविरबाट गोरखाका १५ सयजना लाभान्वित

गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडा वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेकोे हो ।
“आयुर्वेद उपचार पद्धतिलाई घरघरमा पु¥याउने र नगरवासीको स्वास्थ्य उपचारमा विशेष ध्यान पु¥याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएका छौँ”, नगरप्रमुख विवस चिन्तनले भन्नुभयो, “नगरपालिकाभित्रका विभिन्न आठ वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरी निःशुल्क उपचार सेवा प्रदान गरेका हौँ ।” शिविरमा उपचार सेवा लिएका बिरामीलार्ई आवश्यकताका आधारमा औषधिसमेत वितरण गरिएको उहाँको भनाइ छ।
“आयुर्वेद शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका बिरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकबाट आयुर्वेद उपचार पद्धतिअनुसार सेवा प्रदान गरिएको हो”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले भन्नुभयो, “त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुलालगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो ।”
उपचार सेवा लिएकामध्ये धेरैजसो बिरामीमा बाथजन्य रोगको समस्या रहेको पाइएको छ । नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सर्ने तथा नसर्ने रोगहरु, रोगहरुको रोकथाम तथा न्यूनीकरणका बारेमा सचेतना प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।
शिविरबाट नगरपालिका–१ का एक सय ४६, वडा नं २ का एक सय ४१, वडा नं ३ का एक सय ३६, वडा नं ६ का दुई सय ३५, वडा नं ७ का एक सय ५२, वडा नं ८ का तीन सय १५, वडा नं ९ का एक सय ३७ र वडा नं १० का एक सय ४९ जना लाभन्वित भएका नगरपालिकाले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








