गोरखाका भच्चेक र शहीद स्मृति आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा

गोरखाका थप २ वटा अस्पताल स्वास्थ्य बीमाको पहिलो सेवा विन्दूका रुपमा सूचीकृत भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले अजिरकोट गाऊँपालिकाको भच्चेक आधारभूत अस्पताल र भीमसेनथापा गाऊँपालिकाको शहीद स्मृति आधारभूत अस्पताललाई पहिलो सेवा विन्दूको रुपमा सूचीकृत गरेको हो ।
बीमा बोर्ड र दुबै पालिकाबिच सेवा उपलब्ध गराउनका लागि आइतबार सम्झौता भएको छ ।
बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनी, भीमसेनथापा गाऊँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा र अजिरकोट गाऊँपालिकाका अध्यक्ष दीपक देवकोटाको उपस्थितिमा बोर्डका जिल्लास्थित दर्ता अधिकारी र अस्पतालका मेडिकल अधिकृतबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यससँगै जिल्लामा स्वास्थ्य बीमाको पहिलो सेवाविन्दूमा सूचीकृत हुने स्वास्थ्य संस्थाको संख्या ७ पुगेको छ । यसअघि गोरखा अस्पताल, आँपपिपल अस्पताल, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र, मकैसिं प्राथमिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र पहिलो सेवा विन्दूको रुपमा सूचीकृत भैसकेका छन् ।
थपिएका दुईवटा अस्पतालसँगको सम्झौता आइतबारबाटै कार्यान्वयनमा आए पनि सेवा प्राप्तिका केही प्रक्रिया भने पूरा गर्न बाँकी रहेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बताउनुभयो ।
‘आकस्मिक सेवाको हकमा पहिलो सेवा विन्दू जहाँ भएपनि देशभरका सूचीकृत अस्पतालबाट बीमा सेवा लिन सकिन्छ, थप सेवाका लागि भने सूचीकृत स्वास्थ्य संस्था वा उसले रिफर गरेको अस्पतालमा जानुपर्छ’ डा. लोहनीले भन्नुभयो ।
आफ्नो संस्थामा सेवा उपलब्ध हुँदा हुँदै अन्यत्र प्रेषण गरेमा अस्पतालहरुसँगको सम्झौता स्थगन वा रद्ध हुने उहाँले जानकारी दिनुभयो । पालिकाका अध्यक्षहरुले बीमा दावी भुक्तानी उपलब्ध गराउन ढिलाई गर्न नहुने बताएका छन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:४४चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:३९जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:२७मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २६, मंगलवार १३:२१सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव « रिपोर्टर्स नेपाल









