परामर्शमा विश्वास, सेवामा समर्पण: कस्मस एजुकेशनको १२औँ वर्षको यात्रा

पोखरा ।
वैदेशिक अध्ययनका लागि भरपर्दो शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कस्मस एजुकेशन नेटवर्क प्रा. लि. आफ्नो स्थापनाको १२औँ वर्षमा प्रवेश गरेको छ ।
विगत ११ वर्षदेखि विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न सहजीकरण गर्दै आएको संस्थाले वार्षिकोत्सवको अवसरमा सेवामूलक कार्यक्रम आयोजना गर्दै समाजप्रतिको उत्तरदायित्वसमेत निर्वाह गरेको छ ।
यस अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूलाई भोजन गराएको छ ।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मान्यता प्राप्त यस संस्थाले स्थापनाकालदेखि नै विद्यार्थी तथा अभिभावकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
संस्थाका सञ्चालक कमल बरालका अनुसार कस्मस एजुकेशन नेटवर्कले UK, Australia, Canada, New Zealand तथा विभिन्न European मुलुकहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

यसैबीच, आगामी भर्ना सत्र (Upcoming Intake) का लागि UK, Australia, Canada, New Zealand तथा विभिन्न European देशहरूमा अध्ययनका लागि आवेदन दिन चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरिएको संस्थाले जनाएको छ ।
वैदेशिक अध्ययनको तयारीमा रहेका तथा उचित मार्गदर्शनको खोजीमा रहेका विद्यार्थी एवं अभिभावकहरूले पोखराको चिप्लेढुङ्गा (मारवाडी भोजनालयको अगाडि, तेस्रो तल्ला) स्थित कस्मस एजुकेशन नेटवर्कको कार्यालयमा सिधै सम्पर्क गर्न वा फोन नम्बरहरू ०६१-५४३०१३, ९८५१००९०९२ तथा इमेल cosmosedu.net@gmail.com मार्फत थप जानकारी लिन सक्ने सञ्चालक बरालले बताए । विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट www.cosmosedu.com.np मा पनि हेर्न सकिने जनाइएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21806, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५९भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु








