भीमसेनगोलामा निःशुल्क क्यान्सर परीक्षण शिविर

काठमाडौं, ६ बैशाख । निःशुल्क क्यान्सर परीक्षण शिविर आज (बिहीबार) भीमसेनगोलामा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा आज उक्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको अगुवाईमा महानगरका प्रत्येक वडामा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । बिहीबार भने काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा उक्त स्वास्थ्य शिविर सञ्चालनमा आएको हो ।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, भीमसेनगोलामा प्रजनन उमेरका महिलाहरुलाई निःशुल्क क्यान्सरको परीक्षण गराउन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । ‘३० वर्षदेखि ६० वर्ष उमेर समूह (प्रजनन उमेर) का महिलाहरुले हरेक ५ वर्षमा क्यान्सरको जाँच गराउनुपर्छ ।’, काठमाडौं महानगरपालिका भनेको छ । त्यसैका लागि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।
समयमा क्यान्सर पहिचान गर्न सके उपचार सफल हुने सम्भावना धेरै हुने दाबी गर्दै शिविरमा स्वास्थ्य जाँच गर्न आउनका लागि सबै प्रजनन उमेरका महिलाहरुलाई महानगरले अनुरोध गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल









