रामेछाप बजारमा सुरु भयो तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्घाटन गरिएको छ ।
बिहीबारबाट सुरु भएको महोत्सवको शुक्रबार श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले महोत्सवको संयूक्तरुपमा उद्घाटन गरेका हुन्।
तीन दिवसीय महोत्सव शनिबारसम्म चल्नेछ।
उद्घाटनपछि बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप नगरपालिकामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदैं नेपाली फिल्मकर्मीलाई सिनेमामा रामेछाप नगरपालिकाका पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा आएर सुटिङ्ग गर्न आग्रह गरिन।
जिल्लामा एउटा पनि फिल्म हल नरहेको उल्लेख गर्दै कार्कीले फिल्म हल संचालन गर्ने भए नगरपालिकाले सकेको सहयोग गर्ने पनि बताइन् ।
यस्तै पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताए ।
उनले ग्रामीण परिवेशमा बन्ने फिल्महरु सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिल्म तथा सर्ट फिल्महरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने धारणा राखे ।
कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो ।
महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निःशुल्क प्रदर्शन हुनेछन् । यी सिनेमाको साथमा सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरु पनि प्रदर्शन हुनेछ।
महोत्सवमा सिनेमा प्रदर्शनका अलावा ग्रामीण कथा र नेपाली चलचित्र,पर्यटन र चलचित्र, चलचित्र र स्थानिय सरकार विषय सिनेमा संवाद कार्यक्रम पनि भइरहेको आयोजकले जानकारी दिएको छ ।
रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा उल्लेख्य जनसहभागिता रहेको छ।
महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न