बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान

पोखरा, १९ असोज । पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली, छठ लगायत पर्वका अवसरमा शुुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुजाता पौडेलले जानकारी दिनुुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गर्नुुभयो । सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आँफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुुपर्नेमा जोड दिनुुभयो । क्लबका प्रत्येक सदस्यले आफूलाई अनुुशासित बनाउँदै नियमित अध्ययन कार्यमा लाग्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
क्ल्बका अध्यक्ष सुजाता पौडेलको अध्यक्षता एवम् सचिव ओशिष घिमिरेले सञ्चालन गर्नुुभएको कार्यक्रममा क्लबका उपाध्यक्ष दीक्षा वाग्ले, सह सचिव इशान पौडेले, कोषाध्यक्ष कृति घिमिरे, क्लबका सदस्यहरू आयुुष्मान खनाल, सक्षम पौडेल, कीर्तन घिमिरे, समिर पौडेल, रियान सापकोटा, दीपिका वाग्ले लगायतले शुुभकामना
व्यक्त गर्नुुभएको थियो ।
त्यस्तै शान्ता पौडेल, नवराज घिमिरे, हरिष्चन्द्र पौडेल, वासुदेव पौडेल, शारदा भट्टराई पौडेल, चित्राकुमारी घिमिरे पौडेल, रोशन सापकोटा, जीवनसरिता बास्तोला घिमिरे, किशोर घिमिरे, खडानन्द बराल, गंगा घिमिरे, विन्दु बराल वाग्ले, इन्दिरा पौडेल, सत्यदेवी बराल लगायतले क्लबका गतिविधि सिर्जनात्मक बन्नुुपर्ने बताउँदै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गर्नुुभएको थियो ।
नविन टोल विकास संस्थाद्वारा सरसफाई विजयादशमी, दिपावली, छठ लगायतका चाडपर्वको अवसर पारी तल्लो गगनगौैडास्थित नविन टोल विकास संस्थाले टोल क्षेत्रमा आज सरसफाई गरेको छ । संस्थाले सेरावेशीँचोकदेखि बाह्रसय चौताहुँदै पुरानोगाउँको चौतारासम्मो सडक क्षेत्रमा सरसफाई गरेको संस्थाका सचिव मोहनराज बरालले जानकारी दिनुुभयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









