बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन

पोखरा । ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुलमन्त्रका साथ बाग्लुङ समाज पोखराले सृजनाचोकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रप्रसाद बरालले रक्तदान एउटा पुण्य कर्म रहेको बताउनुभयो ।
उहाँले रगतको अभावका कारण जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्दै वडास्तरबाट यस्ता कामको मुल्याङ्कन भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद सापकोटाले आपतविपतमा रगतको अभाव नहोस् भन्ने हेतुले समय समयमा यस्ता रक्तदान कार्यक्रम सँगै समाजले अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी गराउनुभयो । बाग्लुङ जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसायमा संलग्न रहेका बाग्लुङेहरुको साझा संस्थाको रुपमा रहेको सो समाज २०५७ सालमा स्थापना भइ सामाजीक कार्यमा पनि अगाडि भढिरहेको र उक्त संस्थामा हाल करिब ९ सय सदस्य रहेको कार्यक्रम संयोजक नरेश सुवेदीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग








