२० औँ संस्करणको फेवा नव वर्ष महोत्सव आउदो चैत ३० देखि

पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्षका अवसरमा २० औँ संस्करण फेवा नव वर्ष महोत्सवको हुने भएको छ ।
होटल संघ पोखराले नेपाली नयाँ वर्षको सन्दर्भमा हर्षोल्लासका साथ मनाउन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षियत गरी विविध सांस्कृतिक कार्यक्रमसहित आकर्षित महोत्सव गर्न लागेको हो ।
पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि खहरेचोकसम्मको तीन किमी भन्सदा धेरै सडक क्षेत्रमा आउँदो ३० चैत देखि आगामी वैशाख १ गतेसम्म महोत्सव हुने आयोजक होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो।
सुवेदीका का अनुसार नव वर्ष महोत्सवलाई भव्य र सफल बनाउने तयारी भइरहेको जानकारी दिए।नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्नेसहित विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उत्साहका साथ मनाउन महोत्सवलाई निरन्तरता दिइएको हो”, अध्यक्ष सुवेदीले भने, “पर्यटनको राजधानी घोषणापश्चात दोस्रो पटक पोखरामा हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गरने विश्वास व्यक्त गरे।”
महोत्सव आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ भने महोत्सव तयारीका लागि विभिन्न २१ वटा समिति गठन गरिएको छ ।
महोत्सवको अवसरमा होटल संघ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए ।
महोत्सवका आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।
महोत्सव सफल सफल बनाउन होटल संघ पोखराले जाउँ है पोखरा लगायतका अभियान सञ्चालन गरेको छ ।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको साथै आर्थिक उन्नतिमा योगदान पुगेको बताए । अंग्रेजी नयाँ वर्षको सडक महोत्सव जस्तै फेवा नववर्ष महोत्सव सफल रहने अपेक्षा प्रकट गरे ।
होटल संघ केन्द्रका सदस्य एवं सल्लाहकार परिसद संयोजक भरतराज पहारीले पर्यटन क्षेत्रमा सकारात्मक सन्देशको आवस्यकता आौँल्याए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवको सफलताको कामना गरे ।
संघका महासचिव राजेन्द्र ढकाल महोत्सवको विविध पक्षका बारेमा जानकारी गराए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









