विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्छ: प्रधानमन्त्री ओली

लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताउनु भएको छ ।
लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसालाई हतियारले नभै बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो ‘विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता अझै बढेको छ । उहाँले भन्नुभयो ‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ। ’
प्रधानमन्त्री ओलीले बुद्ध शिक्षा र विचार, शान्ति करुणा र मैत्री भावलाई जीवित राख्न ठुलो सङ्घर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न आग्रह गर्दै उनले लुम्बिनी पवित्र भूमि मात्रै नभई बुद्ध दर्शनको उत्पत्तिको थलो भएको बताउनु भयो ।
प्रधानमन्त्री ओली पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्नु हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहनु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट








