‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सम्पन्न

काठमाडौ। च्यासलस्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित भव्य इन्डक्ल्याप पार्टीमा चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन ३५ दिनमा सम्पन्न भएको निर्माणपक्षले जानकारी गराएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको यो चलचित्र तीजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना छ, यद्यपि मिति तय भइसकेको छैन।
हिमाल न्यौपानेको डेब्यू निर्देशनमा बनेको यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोगेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई प्रस्तुत गर्छ। आमा र छोराबीचको भावनात्मक कथालाई केन्द्रमा राखिएको यो चलचित्रले विभिन्न सम्बन्धका आयामलाई उजागर गर्ने निर्देशक न्यौपानेले बताए। “सिनेमा अपेक्षाअनुसार राम्रोसँग छायांकन भएको छ। पोस्ट प्रोडक्सनमा पनि मेहनत गरेर दर्शकलाई उत्कृष्ट सिनेमा दिनेछौँ,” उनले भने।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ। इन्डक्ल्याप कार्यक्रममा अभिनेता बरालले भने, “यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। दर्शकको मन छुने विश्वास छ।” असोसियट निर्देशक मनिष राउतले पनि सिनेमाले जीवनको भोगाइ र सम्बन्धको सङ्घर्षलाई जनैको डोरीझैँ बुनिएको बताए।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन्। भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमोटोग्राफी छ। संगीतमा प्रदीप सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको योगदान छ।
चलचित्रको मुख्य सहायक निर्देशक दिनेश बहादुर राउत हुन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









