बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

धादिङ,बैशाख ३० गते ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा गरिएको छ । गाउँपालिकाको १० वटै वडाका बालबालिकालाई आवश्यक सबै खोप लगाइसकेको पुष्टि भएपछि यो घोषणा गरिएको हो।
बैशाख ३० गतेसम्म १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषण गरिएको स्वास्थ्य शाखाका प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो ।
घोषणासँगै थप जिम्मेवारी पनि आएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, “खोप मात्रै होइन, अब पूर्ण स्वास्थ्य सेवा, बेरोजगारीमुक्त समाज र साक्षरतापूर्ण गाउँपालिका निर्माणतर्फ पनि ध्यान दिन जरुरी छ।” साथै, औषधी पसलमार्फत लागुऔषधको अवैध बिक्री भइरहेको जानकारी पाइएको भन्दै त्यस्ता गतिविधि नियमन गर्न र दोषीमाथि कारबाही अघि बढाइरहेको जानकारी दिनुभयो।
घोषणा कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले गाउँपालिकालाई बधाई दिँदै, “१० वटै वडामा पूर्ण खोप सुनिश्चित गरेर बेनिघाट रोराङले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,” भन्नुभयो। उहाँले बेनिघाट रोराङको भुगोल राम्रोसँग चिनेको उल्लेख गर्दै त्यहाँ कृषि र पर्यटनको अपार सम्भावना रहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष विवेक थपलियाले खोप सुनिश्चितका लागि सक्रिय रूपमा साथ दिएका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, पोषण स्वयंसेवक, स्वास्थ्यकर्मी, अभिभावक तथा जनप्रतिनिधिहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “यो उपलब्धि हामी सबैको साझा प्रयासको नतिजा हो, अब यसको निरन्तरता र दीगो विकासतर्फ पनि लाग्नुपर्छ।”
कार्यक्रममा गाउँपालिकामा खोप सेवालाई बालबालिकाहरुको पहुँचमा पु¥याउने अभिभावकको कर्तव्य र खोप प्रदान गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुको दायित्वका साथ खोप पाउने बालबालिकाहरुको नैसर्गिक अधिकार सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता सहित हस्ताक्षर समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी श्री सुमन घिमिरे विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे, वडा अध्यक्षहरू, जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजन चालिसे, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, पोषण स्वयंसेवकहरू लगायत विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









