धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धादिङ,१ जेठ
धादिङबाट पोखरा जादै गरेको इलेक्ट्रिक माइक्रोबस दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । धादिङबेसीबाट पोखरा जादै गरेको ग१ज ८६३० नम्बरको ईभी माईक्रोबस बुधबार पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटनामा परेको थियो । मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं ५ की ४५ वर्षीया तिल कुमारी आचार्य रहेको प्रहरीले जनाएको छ ।
ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








