ब्रेनडेड अंगदानमा केएमसीलाई ऐतिहासिक सफलता

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेनडेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ। यो उपलब्धि नेपालकै सन्दर्भमा सातौँ पटक मात्र भएको दुर्लभ घटना हो, जसमा ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको हो।
अंगदानको क्षेत्रमा यो उल्लेखनीय प्रगति केएमसीको चिकित्सा सेवा र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको प्रमाण हो। यो सफलताले न केवल केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रमोर्चामा उभ्याएको छ, तर समग्र देशकै चिकित्सा प्रणाली र जनचेतनालाई सकारात्मक दिशातर्फ अघि बढाएको छ।
अब लिभर ट्रान्सप्लान्टतर्फ तयारी
अस्पताल प्रशासनका अनुसार, निकट भविष्यमा केएमसीले लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सुरु गर्ने तयारी गरिरहेको छ। यसका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, र उपकरणहरू जुटाउने काम तीव्र रूपमा भइरहेको छ।
सांसद डा.सुनिल शर्माः सेवाभावको प्रतिक
केएमसीको यो महत्त्वपूर्ण उपलब्धि नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा। सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको परिणाम हो। केएमसी उनको स्वामित्वमा रहेको संस्थामध्ये एक हो, जसलाई उनले सामाजिक सेवाको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।
डा। शर्मा तलब–भत्ता नलिने निर्णय गरेका विरलै सांसदहरूमध्ये एक हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा पुर्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य उनले निरन्तर गरिरहेका छन्।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ, जुन आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि समर्पित छ। डा। शर्माले पार्टी वा पहिचानको आधारमा नभई सबै नेपाली नागरिकलाई समान रूपमा सेवा दिने प्रतिबद्धता प्रस्तुत गरेका छन्।
‘नेता भनेको जनताको साँचो अभिभावक’
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी पहलमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्। उनको यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई पुनः पुष्टि गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा









